अमेरिकामा पुनर्स्थापितको भूटानीको संख्या ५५ हजार नाघ्यो
राजेश कोइराला
१९ असार, म्यानचेस्टर (न्यु ह्याम्सर) । अमेरिकी विदेश मन्त्रालयका अनुसार गत जून १८ सम्ममा अमेरिकामा पुनर्स्थापित भूटानी शरणार्थीको संख्या ५५ हजार ४ सय २५ पुगेको छ ।
यो संख्यासहित अमेरिकालगायत विश्वका आठ मुलुकमा बसाइएका भूटानी शरणार्थीको संख्या ६५ हजार नाघेको छ । ‘अक्षरिका’ न्युजलेटरलाई उपलब्ध उक्त तथ्यांकअनुसार ४१ राज्यमा बसोबास गराइएको पाइएको छ । पुनर्स्थापित नगरिएका नौ राज्यमा भूटानी शरणार्थी : अलाबामा, डेलावर, हवाई, मेन, मिसिसिपी, मोन्टाना, ओक्लहामा, वेस्ट भर्जिनिया र वायोमिङ हुन् ।
सन् २०११ मार्चमा ‘अक्षरिका’ न्युजलेटरलाई उपलब्ध गराइएको पहिलो तथ्यांकमा ३७ हजार ७ सय ७० भूटानी अमेरिकामा पुनर्स्थापित भएको जनाइएको थियो । त्यसबेला अर्कन्सास राज्यमा भूटानी पुनर्स्थापित भएका थिएनन् । अहिले अर्कन्सासमा ३ जनालाई बसाइएको छ ।
यसपटकको तथ्यांकअनुसार बढी संख्यामा पुनर्स्थापित गरिएका पाँच राज्य : पेन्सलभेनिया, टेक्सास, न्युयोर्क, जर्जिया र ओहायो हुन् ।
यो संख्या अमेरिकी सरकारले ल्याएर पुनर्स्थापना गराएको ठाउँअनुसारको संख्या हो । एक राज्यबाट अर्को राज्य वा ठाउँबाट अर्को ठाउँमा बसाई सर्न पाइने भएकाले अहिले यही संख्यामा उहाँहरू त्यहीँ बसोबास नगरेको हुनसक्छ । विदेश मन्त्रालयले राज्यपिच्छेको संख्यामा थोरै कम-बेसी पनि हुनसक्ने बताएको छ ।
राज्यअनुसारको तथ्यांक भने यस्तो छ :
१. अलास्का – १२३
२. अरिजोना – २,५०२
३. अर्कन्सास – ३
४. क्यालिफोर्निया – १,१८२
५. कोलोराडो – २,३५४
६. कनेक्टिकट – २११
७. फ्लोरिडा – ६१५
८. जर्जिया – ३,९०६
९. आइडाहो – १,१४७
१०. इलिनोय – १,७८१
११. इन्डियाना – ७४
१२. आयोवा – ४५९
१३. कन्सास – ४५१
१४. केन्टकी – १,३८७
१५. लुजियाना – ३३
१६. मेरिल्याण्ड – १,४६४
१७. मासाचुसेट्स – १,७४१
१८. मिसिगन – १,२३४
१९. मिनेसोटा – ६३२
२०. मिजौरी – ७२६
२१. नेब्रास्का – ५०१
२२. नेभाडा – २१९
२३. न्यु ह्याम्सर – १,७३१
२४. न्यु जर्सी – ३४१
२५. न्यु मेक्सिको – १०७
२६. न्युयोर्क – ४,५२०
२७. नर्थ क्यारोलाइना – १,९१२
२८. नर्थ डकोटा – १,०८३
२९. ओहायो – २,९१८
३०. ओरेगन – ५८६
३१. पेन्सलभानिया – ५,८०८
३२. रोड आइल्याण्ड – २०९
३३. साउथ क्यारोलाइना – ३९
३४. साउथ डकोटा – ६६२
३५. टेनेसी – १,०३३
३६. टेक्सास – ५,३५४
३७. युटा – १,००९
३८. भर्मन्ट – ९६१
३९. भर्जिनिया – २,०७९
४०. वासिंगटन – २,१०३
४१. विस्कान्सन – २२५