Category: Literature

गजल

हुने भए जोखि दिन्थे, माया कति गर्छु होला तिम्रै निम्ति बाँचेको छु, नभए त मर्छु होला काँडा बिना टुसाएको, गुलाब् प्यारो हुन्नहोला सौन्दर्यको त्यो वदनले, कसको मन छुन्नहोला काँडा बिच्कै गुलाबलाई, आफ्नो भनी टिपेको छु तिम्रै काख अंगालोमा, भविष्य यो देखेको छु हेर्ने भए खोलिदिन्छु, माया कति गर्छु होला...

रुन्छु म

रुन्छु म चिच्याएर रुन्छु अबोध नाबालक जस्तै रुन्छु पागल जस्तै रुन्छु बर्षौ गजल्टिएर अड्किएको पीडा ओकल्न रुन्छु सुखका वैभवले, दु:खका दर्दले मेट्न नसकेको वेदनाको दाग पखाल्न रुन्छु चिच्याएर रुन्छु अबोध नाबालक जस्तै रुन्छु पागल जस्तै रुन्छु म रुँदा मेरा पीडकहरु हाँस्दा हुन तर त्यो हाँसोले तिनलाई अरु पोल्नेछ, छटपटी...

अन्तर्द्वन्द

(यो मेरो अघिल्लो कथा भगवान! कै तेस्रो भाग हो । पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोस, दोस्रो भाग पढ्न यहाँ क्लिक गर्नुहोस ।) कायक्रमको तयारी गर्नु थियो । प्रायोजकहरु खोज्ने, कायक्रम स्थलको निधो गर्ने, खेलाडीलाई सहभागिताको लागि सार्वजनिक वा व्यक्तिगत आव्हान गर्ने अनि अन्य अन्य धेरै काम । कैलाशले...

(अ) सफल

(यो कथा मेरो अघिल्लो कथा भगवान! कै दोस्रो भाग हो ।) (यो कथा मेरो अघिल्लो कथा भगवान! कै दोस्रो भाग हो ।) रमन गर फर्कदा झमक्क साँझ ढल्केको थियो । चराहरु वचेरालाई चारो लिएर वाशस्थानतिर लाग्दै थिए । घर सुनसान थियो । घरका आमा बाहेक सबै काममा गएछन् ।...

भगवान !

‘खाली अप्ठेरो पर्ने ठाउँमा चै मलाई पठाउँछौं हैन तिमेरु,’ राधेश्याम बुढा जंगिए । ‘बा तपाई अलि बोल्न जान्दाछौ र पो अघि बढा’को त । भोलि राजनीतिमा लाग्ने सपना बोकेको मान्छेले यही मौका हो मान्छेहरुसित तर्क गर्न सिक्ने,’ किरणले बा’लाई सर्कायो । ‘नापिस ! ५० बाट उकाले लागेपछि राजनीतिमा लाग्नुछ...

भोली (कथा)

चिसो हावाले अनुहारमा हानेपछि ह्यारीको तन्द्रा छुट्यो । स्वाचालित विस्तारा अघि नै सिरानी निरबाट फोल्ड हुन सुरु भै सकेछ । ह्यारी विस्तारै भैमा ओर्ल्यो र विस्ताराको किनारामा रहेको स्वीच थिच्यो । सोफा जस्तो बनिसकेको विस्तारा क्रमस: खुम्चिदै अघी बढ्यो र भित्तामा विलायो । पल्लो कोठाबाट छोरा ऐशको आवाज सुनियो...