मेरो यहाँ कोही छैन त?
डिल्लीराम शर्मा आचार्य चिम्ली लोचन विज्ञले तप गरून् प्रासाद ठूला चुनी त्यस्कै वक्षसभित्र नेत्र दुइटा बल्छन् खुबै दन्दनी। रुन्छन् आज भिखारिका सपुतती आवाज चर्को छ जो मर्नेले पछि देख्छ माथि रसिलो स्वर्गीय आनन्द भो।। नेपालीहरुको छ गौरव यहाँ हाँसेर बाँच्छन् कति झाछर्न् आँसु यही शिला,जमिनमा के भो र यो...
ए! सुन, सुन फेरि सुन
डिल्लीराम शर्मा आचार्य ए! सुन,सुन फेरि सुन मुख छ भन्दैमा जेसुकै नबोल देश र जनताको हीतहुने कुरा बोल आँखा छन् भनेर ओठको लाली, नाङ्गा तिघ्रा र खुल्ला छाती मात्र नहेर, शोषण,दमनबाट चिरिएका हृदय भित्र पसेर हेर। खुट्टा छन् भन्दैमा जतसुकै नटेक दुईपाइला भए पनि पूर्वपट्टि फर्कएर टेक कलम छ...
विवाह
साझ पर्न लागेको समय । सूर्यले पश्चिम पहाडमा विस्तारै आराम लिन लागेको थियो । पूर्वबाट सन्ध्याकालिन अध्यारोले पृथ्वीलाई विस्तारै छोप्दै थियो । चराहरु आ-आफ्नो वासस्थान फर्कने क्रमामा थिए । किर्तिपुर, चम्पादेवीको काखमा रहेको यो गाउँ संध्यालाई अंगाल्ने समयमा सुनौलो र चहकिलो देखिएको थियो । थोरै मात्र क्षेत्रमा फैलिएको खेतमा...
ए परदेशी !
डिल्लीराम शर्मा आचार्य तिम्रो सम्झनामा मात्र बाँचेकी छु म सपनीमा मात्र आइदिन्छौ हिजोका हाम्रा ती दिनहरुका सम्झनाले मेरो अङ्ग प्रत्याङ्ग रसाइदिन्छ म तिमीलाईं नै पर्खिरहेकी छु भाग्यले कस्तो मिलन गराइदिन्छ। ए परदेशी ! हिजो तिम्रा हातले समातेका ठाउँहरु आज पनि जर्जराइरहेका छन् तिमीले चुमेका यी मेरा ओठहरु आज लाली...
कस्ता छन् कविताहरु?
डिल्लीराम शर्मा आचार्य यी कलिला कविताहरु अब तिमी चश्मा लगाएर हेर यी भित्र फूल फुलेका छैनन् प्रकृतिरानी यो कलिलो बगैचा भित्र सुगन्धी फूल कति खोज्दिहुन्? जुन वसन्तमा फुलिरहेका हुन्छन् जहाँ कवि कविता बनाउँछन् जहाँ चरा चुरुङ्गी अत्यान्तै रमाउँछन् भ्रमरा भुन्भुनाउछन्, फूल फुलेर मग्मगाउँछन् अग्ला अग्ला हिमाल जग्मगाउँछन् हरियाली वन,...
संघर्ष (नाटक)
दृश्य १ (राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै) राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग । समाज भाडिन लागेको छ, त्यसैको रोकथामको निम्ति । देशमा व्याप्त अव्यवस्थालाई उन्मुलन गर्न म तपाईहरुको आवश्यकता देख्छु...