काठमाडौ, माघ २० – बाबुको शैलीलाई पछ्याउँदै राजा जिग्मे खेसरले आफ्नो गद्दी आरोहणपछिको पहिलो विदेश भ्रमण भारत रोजे । भारतले भुटानलाई आफ्ना छिमेकी मुलुकमध्ये प्राथमिक सूचीमा राखेको छ । भुटानको परराष्ट्र सम्बन्ध सूचीमा भारतको उपस्थिति अनिवार्य हो । राजा भइकन खेसरले गरेका दुई औपचारिक विदेश भ्रमण भारतमै सीमित छन्...